मल्टीपर्पस फाइनान्सको २.५० लाख कित्ता शेयर बिक्रीमा

१० बैशाख २०८१, सोमबार ०७:३९

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले शेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा रहेको दुई लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । यसका लागि आवश्यक कागजात सहित ३५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको कित्ता विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया थालिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*