क्लासिक भ्यु रिसोर्टले आइपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

१० बैशाख २०८१, सोमबार १०:४६

काठमाडौं । क्लासिक भ्यु रिसोर्टले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटलसँग आइतवार सम्झौता गरेको हाो ।

आईडीया टु आइपीओ सेवा अन्तर्गत कम्पनी र क्यापिटलबीच सम्झौता भएको हो । क्यापिटलका अनुसार संस्थागत परामर्श सेवासँगै आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सेवा समेत प्रदान गर्ने गरी रिसोर्टसँग सम्झौता भएको हो ।

क्लासिक भ्यु रिसोर्टले आफ्नो जारी पूँजीको १४ प्रतिशत दरको १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्नेछ । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । क्लासिक भ्यू रिसोर्ट बुडानिलकण्ठ, काठमाडौंमा निर्माणाधिन अवस्थामा रहेको छ । हाल रिसोर्ट निर्माणको ६५ प्रतिशत काम सम्पन्न भैसकेको कम्पनीको भनाई छ । १९ रोपनी क्षेत्रफलमा फैलिएको निर्माणाधिन यस रिसार्टका अध्यक्ष मुकुन्द राज कुँवर रहेका छन् । रियल इस्टेट लगाएत अन्य व्यवसायिक क्षेत्रमा एक दशकभन्दा बढी समय काम गरेका अनुभवित सञ्चालकहरू यस कम्पनीमा रहेका छन् ।

रिसोर्टले ग्राहकहरुको अपेक्षाहरू पूरा गर्नका लागि उत्कृष्ट सेवा सुविधाहरू सहित विलासी आवासहरू देखि विविध भोजन, मनोरञ्जन लगायतका बिभिन्न सुविधाहरू उपलब्ध गराउने लक्ष्य लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*