प्रिमियममा आइपीओ जारी गर्ने लागेको शौर्य सिमेन्टको आम्दानीमा फड्को, एक वर्षमा गर्यो साढे ७ अर्बको व्यापार

१० बैशाख २०८१, सोमबार ११:१५

काठमाडौँ । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले एक वर्षमा करिब साढे ७ अर्ब रुपैयाँको व्यापार गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका अनुसार कम्पनीले सन् २०२३ मा ७ अर्ब ४० करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा ७ अर्ब ४३ करोड र सन् २०२१ मा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा भने २ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यस कम्पनीले १४ अर्ब १ करोड ८६ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । जसमध्ये लङ ट्रम १० अर्ब ८५ करोड ८६ लाखका लागि ‘इक्रा बीबीबी माइनस’ र सर्ट ट्रम ३ अर्ब १६ करोड बैंक कर्जाका लागि ‘इक्रा ए३’ रेटिङ पुनः पुष्टि गराएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थप गरेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ करोड ५९ लाख ८१ लाख ५०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

शौर्य सिमेन्ट उद्योग सेप्टेम्बर २०१७ मा प्राइभेट लिमिटेड कम्पनीको रुपमा स्थापित भएको थियो । सिराहा जिल्लाको मिर्चैयामा रहेको यसको कुल क्षमताको उत्पादन कारखाना रहेको छ । ३००० को तीन कर्पोरेट घरहरू – शंकर समूह, अम्बे समूह र संयुक्त स्वामित्वमा छ । हुलास ग्रुप जसका अध्यक्ष सुलभ अग्रवाल छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*