यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

१० बैशाख २०८१, सोमबार १५:११

काठमाडौं । कारोबार साताको दोस्रो दिन अथात सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार परिसूचक १५ दशमलव ४१ प्रतिशतले घटेर १९६९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । आज गोर्खाज फाइनान्सको ११ करोड ४७ लाख रुपैयाँ र जोशी हाइड्रोपावरको १० करोड १० लाख रुपैयाँले सवाधिक कारोबार भएको छ ।

त्यस्तै, सोमबार सर्वोत्तम सिमेन्टको पाँच करोड ८४ लाख रुपैयाँ, सोनापुर मिनिरल्सको चार करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

भोलि कतारका राजा नेपाल भ्रमणको लागि आउने भएकाले सरकारले सार्वजनिक बिदा दिएको छ । जस कारण अब बुधबार मात्र शेयर बजार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*