नीतिगत अवरोधमै अल्झियो मार्केट, दोहोरो अकंले खुम्चियो नेप्से, कारोबार २ अर्बमा सीमित

१० बैशाख २०८१, सोमबार १५:०८

काठमाडौँ । एक दिनको हरियालीपछि बजार पुनः ओरालो लागेको छ । सोमबार पूँजी बजार दोहोरो अकंले घटेको हो । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सुधार गर्न प्रतिवद्दतापछि पनि लगानीकर्ताले अर्बौ रकम गुमाइसकेका छन् । नियामक निकायको सक्रिय भुमिका नदेखिदा शेयर बजारले गति लिन सकेको छैन । लगानीकर्ताले पूँजी बजार चलयमानका लागि नयाँ पोलिसिको आश गरी रहेका छन् । बजारलाई बाधा गरेका केही नीतिगत अवरोध सुधारको माग गरी रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४१ अकंले घटेर १९६९.०२ बिन्दुमा बन्द भएको छ । आज ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

सोमबार गोर्खाज फाइनान्सको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ११ करोड ५४ लाख ७९ हजार रुपैयाँको शेयर किनबेच भएको हो । साथै, जोशि हाइड्रोपावरको १० करोड १० लाख रुपैयाँ, सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख रुपैयाँ र सोनापुरको ४ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

साताको दोस्रो कारोबारको दिन १२ उपसूचकमा राताम्य भएको छ । आज बैंकिङ्ग समूहको ०.६३ प्रतिशत, विकास बैंक समूहको ०.९५ प्रतिशत, फाइनान्स समूहको २.१० प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज पिपुल्स पावरका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६.९१ प्रतिशत, प्रभु स्मार्ट फण्डको ५.८० प्रतिशत र कुमारी धनवृद्धि योजनाको ५.३३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*