गोर्खाज फाइनान्सको शेयर मूल्यमा माफियाको चलखेल भएको हो ?

१० बैशाख २०८१, सोमबार १५:४५

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा मुनाफा ४० प्रतिशतले घटेको गोर्खाज फाइनान्सको शेयर मूल्य ओरालो लागि रहेको छ । वित्तीय विवरण सार्वजनिकपछिका दुबै कारोबारमा शेयर मूल्य घटेको हो ।

कम्पनीको शेयर प्रतिकित्ता ४.०८ प्रतिशत अर्थात् ३२ रुपैयाँ १० पैसाले घटेर ७५५ रुपैयाँ पुगेको छ । सोमबार १ लाख ५० हजार १३१ कित्ता शेयर किनबेच हुँदा ११ करोड ५४ लाख ७९ हजार ३४७ रुपैयाँको कारोबार भएको छ ।

वित्तीय विवरण नाजुक हुँदा समेत माफियाहरुको चलखेलमा शेयर मूल्य बढाउने खेल भइरहेको एक लगानीकर्ताले बीमापोष्टलाई जानकारी दिए । ‘गोर्खाजको अधिकांश सूचक खराब छन् । खराब कर्जा आकाशिएको छ । यति हुँदा समेत कम्पनीको शेयर बढी कारोबार भइरहेको छ । योबाट प्रष्ट हुन्छ केहि माफियाले गोर्खाजलाई चलाएर आफु बाहिर निस्किने बाटो खोजि रहेका छन् ।’

स–साना लगानीकर्तालाई डुबाएर आफु बाहिर निस्किने दाउमा केहि ठुला लगानीकर्ता लागि परेका उनले बताए । उनले भने, ‘साना लगानीकर्ताले हचुवाको भरमा लगानी गर्न लगाउने । सहि समयमा आफु नाफा बुक गरेर बाहिरीने र साना लगानीकर्ताले डुबाउने काम भइरहेको छ । गोर्खाजको शेयर बढ्ने कुनै कारण नै छैन ।’

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४०.०६ प्रतिशत कम हो । कम्पनीको खराब कर्जा ६.७७ प्रतिशत विन्दुबाट बढेर १४.५० प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*