सिईडिबि हाईड्रोपावरले ११% बोनस शेयर जारी गर्ने, डाक्यो साधारण सभा

११ बैशाख २०८१, मंगलवार ०७:२०

काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा वैशाख ३१ गते सोमबार बस्ने भएको छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि सुरु हुनेछ । कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले आव २०७७/७८ र २०७८/७९ का लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर जारी र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गर्नेछ । त्यस्तै, आव २०७७।७८ र २०७८।७९ को वार्षिक प्रतिवेदन वासलात, नाफा–नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण अनुमोदन र पारित गर्नेछ ।

सभाले आव २०७८।७९ को लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक अनुमोदन गर्ने र आव २०७९।८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सर्वसाधारण शेयरधनी तर्फको संचालकहरूको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख १९ गते देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख १८ गतेसम्म नेप्सेमा कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*