गुराँस लघुवित्तले कमायो २ करोड २४ लाख, खराब कर्जा ह्वात्तै घट्यो, अधिकांश सूचकमा छलाङ

११ बैशाख २०८१, मंगलवार १०:३६

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसरा कम्पनीका अधिकांश सूचक वृद्धि भएका छन् ।

चैत मसान्तसम्ममा कम्पनीले २ करोड २४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी ५४ लाख ९१ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६७.११ प्रतिशतले बढेर ५ करोड ६९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ४० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, गत वर्ष ५४ लाख ९७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड ९७ लाख ३४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ, जगेडा कोष ४ करोड ३८ लाख रुपैयाँ र खराब कर्जा ४.२० प्रतिशतले घटेर २.६९ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*