११७ ऋणीलाई कर्जा चुक्ता गर्न निर्धन उत्थान लघुवित्तको आग्रह

११ बैशाख २०८१, मंगलवार १३:१०

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखाबाट ऋण लिएका ११७ ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गर्दै सूचना निकालेको छ ।

कम्पनीको झूम्का, सुरुङ्गा, पुतलीबजार, ठेचो, फुङलिङ्ग, टाडी, भण्डारा, ओदारी, जुम्ला, झलारी र जोहाङग शाखा कार्यालयबाट ऋण लिएका विभिन्न ११७ ऋणीलाई कम्पनीले सूचना प्रकाशित मिति (वैशाख १० गते)ले ३५ दिनभित्र कर्जा चुक्ता गर्न भनेको हो ।

तोकिएको समयभित्र पनि कर्जा चुक्ता नगरे ऋणी तथा जमानीकर्तालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने र धितोमा रहेको वा नरहेको चलअचल सम्पत्ति लिलाम बिक्री वा अन्य कुनै व्यवस्था गरी आफ्नो लेना रकम असुल उपर गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*