ऋण लिनुअघि हेर्नुस्, कुन बैंकको ब्याजदर सस्तो ?

११ बैशाख २०८१, मंगलवार १४:०३

काठमाडौं । बैंकमा ऋण लिन जाँदै हुनुहुन्छ, भने एक पटक सबै बैंकको आधार दर बुझ्नुहोस्।

किनकि बैंकले लिने ऋणको ब्याज आधार दरमा निर्भर रहन्छ। सामान्यतः जुन बैंकको आधार दर कम हुन्छ, त्यो बैंकको ऋण पनि सस्तो पर्न जान्छ। पछिल्लो समय बैंकहरुको आधार दर घट्दै गएको छ।

बैंकहरुको आधार दर न्युनतम ६ प्रतिशतदेखि ११ प्रतिशतसम्म कायम भएको छ।

चैतसम्ममा बैंकहरुको औसात आधार दर ८।७० प्रतिशत कायम भएको हो। अघिल्लो वर्षको तुलनामा आधार दर करिब २ प्रतिशत विन्दुले घटेको देखिन्छ। यसले गर्दा अब ग्राहकलाई एकल अंकको ब्याजदरमा कर्जा लिने आधार तयार भएको देखिन्छ।

तेस्रो त्रैमाससम्ममा स्ट्यान्डर्ड चाटर्ड बैंकको आधार दर ६।५३ प्रतिशतमा झरेको छ। बैंकले कर्जामा ३ प्रतिशत प्रिमियम थप गरेर लगानी गरे पनि ग्राहकले एकल अंकको ब्याजदरमा नै कर्जा पाउने अवस्था छ।

यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको पनि आधार दर ७।३१ प्रतिशत छ भने नेपाल बैंकको ७।९९ प्रतिशत छ। यी बैंकहरुबाट ग्राहकले एकल अंकको ब्याजदरमा नै कर्जा पाउने छन्।

सिटिजन्स बैंक बाहेक सबै बैंकको आधार दर एक अंकमा झरेको छ। आधार दर एकल विन्दुमा आएपछि ऋणीले पनि सस्तो ब्याजदरमा कर्जा पाउने सम्भावना बढ्दै गएको छ। अहिले नै कतिपय बैंकले घरकर्जा लगायतका केही कर्जा ९ प्रतिशतभन्दा पनि कम ब्याजदरमा उपलब्ध गराउने गरी योजना सार्वजानिक गरिरहेका छन्।

सिटिजन्स बैंकको आधार दर ११।१४ प्रतिशत छ। कर्जा लिँदा ऋणीलाई सो बैंकबाट सबैभन्दा महँगो ब्याजदर पर्ने छ। सिटजन्स बैंकले भने एकल अंकको ब्याजदरमा कर्जा लगानी गर्न सक्दैन।

बैंकहरुले आधार दरभन्दा तल ब्याजदर कायम गरी कर्जा लगानी गर्न पाउँदैनन्। बैंकहरुले आधार दरमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्छन। सामान्यतया बैंकहरुले ०।५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरेका छन्। बैंकहरुमा अहिले अधिक तरलता रहेको कारण आधार दरमा थोरै मात्र प्रिमियम थप गरी कर्जा लिन आग्रह गरिरहेका छन्। तरलता अभाव भएको समयमा ४र५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरुले अहिले एकरडेढ प्रतिशत मात्र प्रिमियम थप गरि कर्जा लिन बोलाइरहेका छन्।

गत आर्थिक वर्षको माघसम्ममा बैंकहरुको आधार दर १०।९१ प्रतिशत पुगेको थियो। सो पश्चात घट्न थालेको आधार दर गत भदौसम्ममा १०।१४ प्रतिशतमा झरेको थियो भने असोजदेखि एकल अंकमा झरेको हो। बैंकहरुको कर्जाको ब्याजदर पनि निरन्तर घट्दै गएको देखिएको छ। गत वर्षको चैतसम्ममा १३।०३ प्रतिशत रहेको बैंकहरुको कर्जाको औसत ब्याजदर अहिले घटेर ११ प्रतिशतभन्दा तल झरेको छ।

पछिल्लो समय निक्षेपको ब्याजदर लगातार घट्दो क्रममा छ। बैंकहरुमा अधिक तरलता भएको कारण बैंकहरुले निक्षेपको ब्याजदर घटाउदै लगेका छन्। यसले गर्दा बैंकहरुको लागत घटाउने छ। जसको असर आधार दरमा देखिन्छ। आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ र ऋणीले सस्तो ब्याजदरमा नै कर्जा पाउने छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*