सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १६औं वार्षिकोत्सव

११ बैशाख २०८१, मंगलवार १४:२९

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको छ ।

१५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स क. लि. र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाईफ इन्स्योरेन्स क. लि. बीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स क. लि. ले २०७९ पौष ७ गते आफ्नो संयूक्त कारोबार सूरु गरेको थियो।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिँदै सम्पूर्ण शुभचिन्तकहरूका साथै ग्राहकवर्ग, अभिकर्ताहरु, कर्मचारीहरु , शेयरधनीहरू र सम्पूर्ण संचारकर्मीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे ।

साथै यहि अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिनुहुने सम्पुर्ण सरोकारवालाहरु लगायत सदैव मार्गनिर्देश गर्नुहुने आदरणीय नियमनकारी निकायहरू प्रति कृतज्ञता ज्ञापन गरे ।
कम्पनीको हाल चुक्ता पुँजी रु ४५४ करोड, जीवन बीमाकोष रु ३,२०० करोड, कुल लगानी रु ३,७५० करोड रहेको छ भने नेटवर्थ रु ७५६ करोड रहेको छ । कम्पनीसंग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*