नाफामा मुक्तिनाथ र गरिमाको टक्कर, महालक्ष्मीलाई पछ्याउँदै लुम्बिनी र कामना, एनपिएल र इपीएस कस्को कति ?

११ बैशाख २०८१, मंगलवार १७:४१

काठमाडौँ । खराब कर्जा वृद्धि हुँदा विकास बैंकहरुको नाफामा समेत सकुचन देखिएको छ । हाल संचालनमा रहेका आठ वटा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ओरालो लागेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा राष्ट्रियस्तर विकास बैंकको नाफा २.०५ प्रतिशतले घटेर ३ अर्ब ५३ करोड ८८ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकहरुले ३ अर्ब ६१ करोड ३२लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा चार बैंकको नाफामा सुधार देखिएको छ ।

नाफामा मुक्तिनाथ विकास बैंकले आफ्नो अग्रता कायमै राखेको छ । कम्पनीको नाफा ८७ करोड १८ लाख २४ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८.१२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ८० करोड ६२ लाख ८४ हजार रुपैयाँ नाफा गरेको थियो ।

चैत मसान्तसम्मको अवधिमा गरिमा विकास बैंक सर्वाधिक नाफा कमाउने विकास बैंकको दोस्रो नम्बरमा परेको छ । कम्पनीको नाफा ६८ करोड ३४ लाख ६२ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि तुलनाको भन्दा ४.८४ प्रतिशतले बढी हो ।

त्यस्तै, नाफामा क्रमशः शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५१ करोड ४६ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले ३७ करोड ३५ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले ३४ करोड २१ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ३३ करोड १३ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले २६ करोड ९३ लाख रुपैयाँ र ज्योति विकास बैंकले १५ करोड २४ लाख रुपैयाँको आम्दानी गरेको छ ।

कुनको कतिले बढ्यो ?

एनपिएलको भुमरीमा विकास बैंक

कर्जाको भुमरी विकास बैंकहरु पनि परेका छन् । यस अवधिमा राष्ट्रियस्तर ६ विकास बैंकको खराब कर्जा वृद्धि भएको छ । चैत मसान्तसम्मको अवधिमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकले मात्र खराब कर्जा घटाउन सफल भएका हुन् ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ज्योति विकास बैंकको खराब कर्जा सबै भन्दा धेरै रहेको छ । कम्पनीको खराब कर्जा ३.८९ प्रतिशतले बढेर ४.९७ प्रतिशत पुगेको छ ।

प्रतिशेयर आम्दानीमा को कति बलियो ?

समिक्षा अवधिमा प्रतिशेयर आम्दानीमा मुक्तिनाथ र गरिमा विकास बैैकको टक्कर देखिएको छ । यस अवधिमा मुक्तिनाथको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५० पैसा र गरिमाको १६ रुपैयाँ ०४ पैसा रहेको छ ।

यसअवधिमा शाइन रेसुङ्गा डेभलपमेन्टको १४ रुपैयाँ ५० पैसा, कामना सेवा विकास बैंकको १३ रुपैयाँ ४७ पैसा, लुम्बिनी विकास बैंकको १२ रुपैयाँ ९७ पैसा रहेको छ ।

अन्य कुनको कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*