सर्वाेत्तम सिमेन्टको साधारण सभा आज, लाभांश प्रस्ताव पेश गरिँदै

१२ बैशाख २०८१, बुधबार ०६:३९

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आज (वैशाख १२ गते) बस्दैछ । सभा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित होटल सिद्धार्थ भिलासामा विहानको १० बजेदेखि सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी चार अर्ब ६५ करोड रुपैयाँको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पेश हुनेछ ।

गत आवको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गरिनेछ । साथै, संस्थापक समूहबाट पाँच जना, सर्वसाधारण समूहबाट एक जना र एक जना स्वतन्त्र संचालक नियुक्ती गर्ने एजेण्डा पनि रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले गत चैत्र ३० गते एक दिनका लागि बुक क्लोज गरेको थियो । जसअनुसार नेप्सेमा सोको अघिल्लो दिनसम्म कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*