कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थप

१२ बैशाख २०८१, बुधबार ०७:५१

काठमाडौं । कुमारी बैंक लिमिटेडले वैशाख ३ गतेदेखि लिलामीमा ल्याएको चार लाख ५० हजार कित्ता शेयरमा आवेदन दिने म्याद थप गरेको छ । अब खरिदकर्ताले यस शेयरमा वैशाख १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गनुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

आवेदन बैंकको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं दिनुपर्नेछ । यसअघि आवेदन दिने अन्तिम मिति वैशाख ११ गते कायम गरिएको थियो । तर, सो दिन नेपाल सरकारले सार्वजनिक बिदा दिएपछि संस्थापक शेयरधनीको सहमतिमा म्याद थप गरिएको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*