सपोर्ट लघुवित्तको मुनाफा ९४ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उछाल, खराब कर्जा समेत घट्यो

१२ बैशाख २०८१, बुधबार १०:५४

काठमाडौँ । सपोर्ट लघुवित्तको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद नाफा ९४.९१ प्रतिशतले बढेर १ करोड २३ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ६३ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.७८ प्रतिशतले बढेर ४ करोड ९१ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ४ करोड ५२ लाख १० हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको ९ महिनाका ६० लाख ३५ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा १२०.९३ प्रतिशतले बढेर १ करोड ३३ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ, जगेडा कोष ५८.३२ प्रतिशतले बढेर ५ करोड ७९ लाख ७ हजार रुपैयाँ, खराब कर्जा १.७८ प्रतिशत विन्दुले घटेर १.४७ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ८ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*