नौ महिनामा स्वावलम्बन लघुवित्तको मुनाफा साढे ११ करोड, कस्ता छन् अन्य सूचक ?

१२ बैशाख २०८१, बुधबार ११:०४

काठमाडौँ । स्वावलम्बन लघुवित्तको नाफा सामान्य ओरालो लागेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको खुद नाफा १.३५ प्रतिशतले घटेर ११ करोड ८६ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १२ करोड २ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २.२७ प्रतिशतले घटेर १ अर्ब २ करोड २७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसअवधिमा कम्पनीको सञ्चालन नाफा १.६५ प्रतिशतले घटेर १६ करोड ९० लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष भने उक्त नाफा १७ करोड १९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ, जगेडा कोष १ अर्ब ६० करोड रुपैयाँ, वितरणयोग्य नाmा ११ करोड ५७ लाख रुपैयाँ र खराब कजाए २.१० प्रतिशतले बढेर १०.८८ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*