शेयर बजार झिनो अंकले वृद्धि, कारोबार रकम साढे २ अर्बबढी

१२ बैशाख २०८१, बुधबार १५:११

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार शेयर बजार ० दशमलव १५ अंकले बढेर १९६९ दशमलव १७ को विन्दुमा कायम भएको छ ।

बुधबार शेयर बजारमा कारोबार भएका अधिकांश उपसूचकहरु राताम्मे बनेका छन् । नेप्सेमा आज ३१३ कम्पनीहरुको ७२ लाख ८४ हजार २७२ वटा कित्ता शेयर खरिद–बिक्री भई दुई अर्ब ५३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज पोखरा फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार नेपाल रि इन्स्योरेन्स प्रमोटर शेयरको ६३ करोड ३० लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार भएको छ ।

नयाँ सरकार र मन्त्रीमण्डल बन्यो । नयाँ अर्थमन्त्री बर्षमान पुन बने वित्तिक्कै उनले शेयर बजारमा रहेका नीतिगत अवरोध हटाएर शेयर बजार हरियाली बनाउछु भन्दै विभिन्न विज्ञहरुसँग सुझाव मागेर मन्त्रालयमा थन्काएका छन् । उनले सो सुझावहरु मागेर कार्यन्वयनमा कुनै पनि पहल गरेको देखिएको छैन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*