यी कम्पनीको शेयर किन्दा अझै पाईन्छ लाभांश

१२ बैशाख २०८१, बुधबार १७:१६

काठमाडौं । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।

ती मध्ये सबैजसो कम्पनीले साधरणसभा सम्पन्न गरी लाभांश पनि प्रस्ताव पारित गरिसकेका छन् । नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत वर्षको वार्षिक साधरण सभा गर्नुपर्ने कानुनी व्यवस्था छ । सो अनुसार सूचीकृत डेढ सय बढी कम्पनीले पुस मसान्त भित्रै सभा सम्पन्न गरेका थिए । बाँकी कम्पनीले पनि त्यसयता साधरण सभा गरिसकेका छन् ।

तर, हालसम्म नेपाल पुनर्बीमा इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तले साधरण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् । तसर्थ ती कम्पनीको सेयर किन्दा अझै लाभांश पाइन्छ ।

गत वर्षको नाफाबाट नेपाल पुनर्बीमा ४।७५ प्रतिशत बोनस र ०।२५ प्रतिशत गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, सन नेपाल लाइफले २५।५ प्रतिशत ९२३।८ प्रतिशत बोनस र १।२५ प्रतिशत नगद० र सूर्योदय वोमीले १४।०७७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*