राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९४ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको जानकारी गराएको छ ।
राष्ट्र बैंकले २०८१ जेठ ३ गतेदेखि २०८२ जेठ २ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले २०८१ वैशाख १४ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २९ करोड १६ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ९ करोड ७२ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
Investment-Notice-2081.02.03