सूर्याेदय वोमी लघुवित्तको ६८ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

१३ बैशाख २०८१, बिहीबार ०६:३७

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता शेयर आज (वैशाख १३ गते) देखि लिलामीमा ल्याएको हो ।

यस शेयरमा विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरिद आवेदन दिन पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति वैशाख २१ गते कार्यालय समयसम्म रहेको छ ।

आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालयका साथै एनआईसी एशिया बैंकका शाखा कार्यालय विराटनगर, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगरमा पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि यही तोकिएका कार्यालयमा पाइनेछ ।

संस्थाले उक्त शेयर यसअघि संस्थापकहरूले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*