युनिक नेपाल लघुवित्तको १.४० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१३ बैशाख २०८१, बिहीबार ०७:०३

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र आफूले खरिद गर्ने शेयर र मूल्य खुलाई बाँकेको कोहलपुर–११ स्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयसम्म संस्थापकहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुन तथा नियमानुसार शेयर बिक्री प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*