एचआईडिसिएलको लिलामी शेयरमा परेको बोलपत्र आज खोलिने

१३ बैशाख २०८१, बिहीबार ०७:३०

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) को १.७८ करोड कित्ता लिलामी शेयरमा परेको बोलपत्र आज (वैशाख १३ गते) खोलिने भएको छ ।

कम्पनीले गोप्य शिलबन्दी बोलपत्र बिहान साढे ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंमा खोलिने जानकारी दिएको हो ।

कम्पनीले संस्थापक शेयरधनी समूह ‘क’ उप समूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ मार्फत बिक्री नभई बाँकी रहेको एक करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर पुनः लिलामीमा ल्याएको थियो ।

कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले खरिद गर्न पाउने गरी गत चैत्र २५ गतेदेखि वैशाख ९ गतेसम्म बोलपत्र माग गरेको थियो। उक्त अवधिभित्र परेको बोलपत्र आज खोलिने भएको हो।

बोलपत्र खोलिएको प्रत्यक्ष प्रसारण (लाईभ) ग्लोबल आइएमई क्यापिटल लिमिटेडको फेसबुकमार्फत लगानीकर्ताहरूलाई देखाईने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*