जीवन बीमा कम्पनीको नवीकरणबीमा शुल्क आर्जन ५% वृद्धि, वृद्धिदरमा प्रभु महालक्ष्मी, रिलायबल र सन नेपाल अगाडि

१३ बैशाख २०८१, बिहीबार १६:५४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत्र महिनासम्म ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कमपनीको नवीकरणबीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा ५.८४ प्रतिशले वृद्धि भएको हो ।

गत वर्षको चैत्र महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ८३ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ नवीकरणमार्फत बीमा शुल्क आर्जन गरेका थिए । तथ्याङ्क अनुसार १३ कम्पनीहरूको नवीकरणबीमा शुल्क आर्जन बढेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक नवीकरणबीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको चैत्र महिनासम्म आउँदा २४ अर्ब ६४ करोड आठ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । दोस्रोमा नेपाल इन्स्योरेन्स कर्पाेरेशनले ११ अर्ब ३२ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ ।

हिमालयन लाइफले पनि समीक्षा अवधिमा १० अर्ब ६८ करोड ६४ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले नौं अर्ब ६६ करोड ९४ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच अर्ब चार करोड १३ लाख, सूर्यज्योति लाइफले चार अर्ब ९६ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, समीक्षा अवधिमा एशियन लाइफले चार अर्ब ५७ करोड ९२ लाख, मेट लाइफले तीन अर्ब १९ करोड ४१ लाख, सानिमा रिलायन्सले तीन अर्ब आठ करोड ४८ लाख, सिटिजन लाइफले दुई अर्ब ९५ करोड ३६ लाख, प्रभु महालक्ष्मीले दुई अर्ब ४३ करोड सात लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी, समीक्षा अवधिमा आईएमई लाइफले दुई अर्ब २६ करोड सात लाख, रिलायबल नेपालले दुई अर्ब ८२ लाख र सन नेपाल लाइफले एक अर्ब ७८ करोड तीन लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*