लगानीकर्ताको पक्षमा अर्थमन्त्री पुनको पहल, ब्रोकर कमिशन घटाउने मन्त्रिपरिषदको निर्णय

१३ बैशाख २०८१, बिहीबार १४:४५

काठमाडौं । सरकारले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पुँजि बजार सम्बन्धी कारोबार हुने दोस्रो बजारमा कारोबार गर्दा लाग्ने कमिशन घटाउने सम्बन्धमा मन्त्रिपरिषदले आवश्यक निर्णय गरेको हो ।

हाल ब्रोकर कम्पनीहरुले लगानीकर्ताबाट लिँदै आएको कमिशनमा १० प्रतिशत घटाउने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ । हाल नेपालमा सञ्चालित ९२ वटा ब्रोकर कम्पनीहरुले न्यूनतम ०.४० प्रतिशतदेखि ०.२७ प्रतिशतसम्म कमिशन लिँदै आएका थिए ।

सरकारले आज गरेको निर्णयबाट लगानीकर्तालाई ठूलो लाभ मिल्ने शेयर लगानीकर्ताहरुले कारोबार रकमको आधारमा ब्रोकर कम्पनीहरुलाई हजारौंदेखि लाखौं रुपैयाँ शुल्क तिर्दै आएका थिए । हाल लगानीकर्ताहरुले क्यापिटल गेन पाँच देखि ७ प्रतिशतसम्म तिर्दै आएका छन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत कर तिर्दै आएका छन् भने डिपी चार्ज २५ रुपैयाँ तिर्नुपर्दछ ।

हाल प्रचलनमा रहेको कमिशन दर । सोही कमिशन अब घट्नेछ ।

 

लिँदै आएको कमिशन १० प्रतिशत घटाउने निर्णय मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै लगानीकर्ताले राहत पाउने भएका छन् । अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताको हितमा निर्णय गर्दै ब्रोकर कमिशन घटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।

हाल नेपालमा ९२ वटा ब्रोकर कम्पनीहरु रहेका छन् । नयाँ खुलेका ब्रोकर कम्पनीहरुका लागि हालकै ब्रोकर कम्पनीहरुको खर्च धान्न सकिरहेको अवस्था छैन । कमिशन घटाएपछि अब थप आर्थिक संकटमा पर्ने भएका छन् । कमिशन घटाएपछि ब्रोकर कम्पनीहरु मर्जरमा जान दवाव पर्ने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*