नेप्से ३.२४ अंकले घट्यो, कारोबार रकम खुम्चिदा मल्टिप्रपोज फाइनान्सको शेयरमा सर्किट

१३ बैशाख २०८१, बिहीबार १५:०९

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार समान्य अंकले घटेको छ । बिहीबार कारोबार भएका अधिकांश उपसूचकहरु राताम्मे भएका छन् ।

बिहीबार नेप्से परिसूचक ३ दशमलव २४ अंकले घटेर १९६५ दशमलव ९३ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका ३०३ वटा कम्पनीहरुको ६३ लाख १२ हजार ५५२ वटा शेयर कित्ता खरिद–बिक्री हुदाँ कुल दुई अर्व ३६ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।

मल्टिप्रोपोज फाइनान्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । साथै, पोखरा फाइनान्सको ६१० रुपैयाँका दरले शेयर बिक्री हुदाँ कुल ११ करोड २६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

सरकारले विभिन्न नीतिगत कुराहरु लगानीकर्ताको पक्षमा निर्णय गर्न नसकेको कारण शेयर बजार दैनिक रुपमा ओरालो गतिमा गएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*