निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा गिरावट

१३ बैशाख २०८१, बिहीबार १७:०१

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनासम्ममा २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा बीमा व्यवसाय बढेको देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ० दशमलव ०६ प्रतिशतले घट्न पुगेको छ । कम्पनीहरुले गत आर्थिक वर्षको चैत महिनाको अवधिसम्ममा कुल ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको यस्तो आम्दानी १ दशमलव ७० प्रतिशतले बढेर ४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

गत आवको चैत महिनासम्मको तुलनामा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमा शुल्क आर्जन ११ दशमलव ०७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको बीमा शुल्क आर्जन गत आर्थिक वर्षको चैत महिनासम्ममा २ अर्ब २९ करोड ४९ लाख रुपैयाँबाट बृद्धि भएर २ अर्ब ५४ करोड रुपैयाँ पुग्न सफल भएको छ ।

तथ्यांक अनुसार द ओरियन्टल, नेशनल, प्रभु लगायत शिखर इन्स्योरेन्सको व्यवसायमा बृद्धि भएको छ । यस अवधिमा ओरियन्टल इन्स्योरेन्सको व्यवसाय ४१ दशमलव ३८ प्रतिशतले बृद्धि भई एक अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । साथै, प्रभु इन्स्योरेन्सको व्यवसाय १४ दशमलव ८९ प्रतिशतले बृद्धि भई १ अर्ब ३२ करोड रुपैयाँ पुग्न सफल भएको छ ।

साथै, नेशनल इन्स्योरेन्सको व्यवसाय १४ दशमलव ५२ प्रतिशतले बृद्धि भई ८७ करोड ४१ लाख रुपैयाँ पुग्न सफल भएको छ । यस अवधिमा सानिमा जिआईसीको ७ दशमलव ७१ प्रतिशतले बृद्धि भई १ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

आइजिआई प्रुडेन्सियलको ७ दशमलव ०१ प्रतिशत, नेको इन्स्योरेन्सको ५ दशमलव ७८ प्रतिशत, एनएलजिको १ दशमलव २३ प्रतिशतले बीमा शूल्क आर्जन बृद्धि भएको छ ।

सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय सबैभन्दा बढी ३४ प्रतिशतले घटेको छ । सगरमाथा लुम्बिनीको १ दशमलव ४९ प्रतिशतले बीमा शुल्क आर्जन बढेको विवरणले देखाउन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*