अर्थ सचिव मरासिनीले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

१३ बैशाख २०८१, बिहीबार १७:२०

काठमाडौं । नव नियुक्त अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मरासिनीलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ दिलाएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १४ मा अर्थसचिव राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । ऐन कै दफा १०८ (१) मा बैंक सञ्चालकले प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

मरासिनीलाई सरकारले वैशाख १० गते अर्थसचिवको जिम्मेवारी दिएको थियो । नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको अभियोग लागेर अख्तियारको फन्दामा परेका मरासिनीलाई वैशाख ७ गते मात्रै विशेष अदालतले सफाइ दिएको थियो ।

अदालतको सफाइसँगै गएको असोज १५ गतेदेखि निलम्बनमा परेका उनको जागिर फुकुवा भएको थियो । सरकारले तत्काल सरुवा नगरे उनी अबको १५ महिना राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने बताइन्छ । सचिवको पाँच वर्षे कार्यकाल उनको २०८२ साउनसम्म छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*