सहकारीका बचतकर्ताको समस्या सम्बोधन गर्ने मन्त्रिपरिषदको निर्णय

१३ बैशाख २०८१, बिहीबार १७:३२

काठमाडौं । सरकारले सहकारीका कारण समस्यामा परेका बचतकर्ताको समस्या सम्बोधन प्रक्रिया तत्काल सुरू गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा सहकारीका कारण बचतकर्तालाई परेको समस्याबारे छलफल भएको हो ।

सरकारकी प्रवक्ता रेखा शर्माले सहकारी र तिनका कारण बचतकर्तालाई परेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने निर्णय गरेको जानकारी दिईन् । ‘मुलुकभर सहकारी समस्याका बारेमा कुरा उठेको छ । सहकारीबारे मन्त्रिपरिषद बैठकमा गम्भीरतापूर्वक छलफल भयो,’ उनले भनिन्, ‘तत्काल कानून मै व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले भोग्नु परेको सास्ती तथा समस्या समाधानको प्रक्रिया सुरू गर्ने निर्णय भएको छ ।’

सामान्य र नियमित प्रक्रियाबाट सहकारीको समस्या समाधान नहुने उनको भनाइ छ । ‘विद्यमान कानूनले यो सम्भव छैन, विद्यमान संरचनाबाट यो सम्भव छैन । त्यसकारण छिटोभन्दा छिटो थप कानूनी व्यवस्था गरिनुपर्छ,’ उनले भनिन्, ‘आवश्यक परे नयाँ संरचना पनि बनाउनुपर्छ । र, क्याविनेटमा सहकारी पीडितका समस्यालाई छिटोभन्दा छिटो हल गर्नुपर्छ भन्नेमा गम्भीरतापूर्वक छलफल भएको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*