कुमारी बैंकको ५.९९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१४ बैशाख २०८१, शुक्रबार ०६:३६

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी शोभा मिश्रको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटल लिमिटेड वा काठमाडौंको टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

उक्त शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । साथै, तोकिएको समयअवधि भित्र संस्थामकरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्रीको प्रक्रिया अघि बढ्न सक्ने बैंकले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*