प्रतिकित्ता २५० रुपैयाँमा यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

१४ बैशाख २०८१, शुक्रबार ०६:५०

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी पृथी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको सुन्धारास्थित प्रधान कार्यालय सि.टि.सि मलमा खरिद गर्न चाहेको कित्ता विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापकहरूबाट शेयर खरिदको निवेदन नआएमा प्रचलित नियमानुसार उक्त शेयर अन्य व्यक्तिलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*