पुवा खोला–वान हाइड्रोवापरले आईपिओ निष्काशन गर्ने, भोलि एसजीएम बस्दै

१४ बैशाख २०८१, शुक्रबार ०८:१८

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपिओ निष्काशन प्रस्ताव पारित गर्न भोलि (वैशाख १५ गते) विशेष साधारण सभा (एसजीएम) बस्दैछ ।

कम्पनीको सभा भोलि शनिबार काठमाडौंको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि एकसाथ संचालन हुनेछ । कम्पनीको गत चैत्र २७ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभामा आईपिओ निष्काशन गर्नका लागि कम्पनीको तर्फबाट अख्तियारीनामा दिने, नयाँ परियोजनामा लगानी गर्ने र कम्पनीको प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पेश हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*