फरवार्ड माइक्रोफाइनान्सको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?

१४ बैशाख २०८१, शुक्रबार ०९:४०

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा १६७ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवमा चार करोड ३६ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवमा बढेर ११ करोड ६५ लाख रुपैयाँ पुगेको हो । गत आवमा कम्पनीको कुल संचालन आम्दानी ९८ करोड सात लाख रुपैयाँबाट ४ दशमलव ०५ प्रतिशतले बढेर एक अर्ब दुई करोड चार लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले तेस्रो त्रैमाससम्म ८७ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा ६ दशमलव १६ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ८२ करोड ७२ लाख रुपैयाँ रहेको थियो । चालु आवमा कम्पनीको खुद फि तथा कमिशन आम्दानी १४ करोड १५ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा ७ दशमलव ३९ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी १५ करोड २८ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद संचालन आम्दानी ५९ करोड ८९ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा २० दशमलव ९६ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीको खुद संचालन आम्दानी ४९ करोड ५१ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले ३४ करोड १४ लाख रुपैयाँ कर्मचारीहरूका लागि खर्चिएको छ । गत आवको समीक्षा अवधिमा कम्पनीले ३५ करोड ८७ लाख रुपैयाँ कर्मचारीमा खर्च गरेको थियो ।

गत आवको समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफा छ करोड २७ लाख रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा १८० दशमलव ०३ प्रतिशतले बढेर १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ३३ करोड ८७ लाख रुपैयाँ रहेको छ भने निक्षेप संकलन आठ अर्ब ७६ करोड ७६ लाख र कर्जा प्रवाह १९ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ५ दशमलव ८८ प्रतिशतबाट बढेर ८ दशमलव २६ प्रतिशत पुगेको छ । कम्पनीको इम्पेरमेन्ट चार्जभने ४८ करोड ५५ लाख रुपैयाँबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी नौं रुपैयाँ २१ पैसाले बढेर १४ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७६ गुणा रहेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ३४ पैसा रहेको छ भने तरलता अनुपात चार दशमलव ८८ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १९७३ रुपैयाँ ६१ पैसा रहेको छ । चुक्ता पूँजी एक अर्ब पाँच करोड ५५ लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ३३ करोड ८७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ९९ करोड ५१ लाख रुपैयाँबाट बाट बढेर एक अर्ब ४४ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*