वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्वनै राष्ट्र बैंकको प्राथमिकता : गभर्नर अधिकारी

१४ बैशाख २०८१, शुक्रबार १७:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायिवलाई राष्ट्र बैंकको प्राथमिकता रहेको बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपालको समष्टिगत विकासलाई राष्ट्र बैंकले प्राथमिकता दिएको बताएका हुन् ।

स्थापनापछि वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्वका साथै देशको समग्र आर्थिक विकासमा केन्द्रिय बैंकले अग्रणी भूमिका खेल्दै आएको गभर्नरले बताए । साथै उनले वार्षिकोत्सवको अवसरमा बैंकका उद्देश्य प्राप्तिका लागि आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका बैंकका सञ्चालक समितिका पदाधिकारी र सम्पूर्ण कर्मचारीलाई हार्दिक धन्यवाद ज्ञापन गरेका हुन् ।

‘बैंकको कार्यसम्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालयलगायत अन्य निकाय, बंकै तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्था, सञ्चारमाध्यम तथा सरोकारवाला शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौ’ उनले भने ।

बैंकको कार्यसम्पादनलाई चुस्त, व्यवस्थित, नियमसङ्गत र अद्यावधिक बनाउन विभिन्न विनियमावली र कार्यविधि तर्जुमा एवम् परिमार्जनका काम पनि निरन्तर रूपमा गरिएको उनको भनाई छ । वार्षिक उत्सवलाई सम्बोधन गर्दै बैंकको वार्षिकोत्सवको अवसरमा देशको वर्तमान समष्टिगत आर्थिक तथा वित्तीय स्थिति र चालु आर्थिक वर्षको फागुन महिनासम्ममा केन्द्रिय बैंकले अवलम्बन गरेका महत्वपूर्ण नीतिगत व्यवस्था र सम्पादन गरेका कार्यहरू प्रस्तुत गरेका छन् ।

थोक मूल्य र तलब तथा ज्यालादर सूचकाङ्कको वृद्धिदर न्यून रहेसँगै नेपालले दुई तिहाइभन्दा बढी आयात गर्ने मुलुक भारतमा समेत मुद्रास्फीति घट्दै गएका कारण मूल्य स्थितिमा परेको चाप क्रमशः कम हुँदै गएको उनको भनाई छ ।

यस्तो छ गभर्नर अधिकारीको सम्बोधनः

Governors-Speech-of-Baishakh_2081-Final

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*