लगानीकर्ताहरूले गरे सेयर ब्रोकरको कार्यालयहरू बन्द गराउने घोषणा

१५ बैशाख २०८१, शनिबार २१:१७

काठमाडौं । लगानीकर्ताहरूले सोमबारदेखि सेयर ब्रोकरको कार्यालयहरू बन्द गराउने घोषणा गरेका छन् ।आज माईतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आन्दोलन कडा बनाउने घोषणा गरेका हुन् ।

संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले ब्रोकर कार्यालय बन्दको क्रममा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवार ब्रोकरहरू आफै हुनुपर्ने चेतावनी दिएका हुन् ।

उनीहरूले भोलि विहान साढे सात बजे लगानी सम्मेलनलाई लक्षित गर्दै सोल्टीमोडमा प्रदर्शन गर्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*