आशा लघुवित्तको साधारण सभा जेठ ९ गते, के–के छन् एजेण्डा ?

१६ बैशाख २०८१, आईतवार १०:४९

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ। सभा काभ्रेपलाञ्चोकको बनेपास्थित होटल उग्रचण्डीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले संस्थापक समूहको ४ जना तथा सर्वसाधारण समूहको २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले वैशाख २४ गते एक दिन बुक क्लोज गर्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*