दोहोरो अकंले बढ्यो शेयर बजार, फाइनान्समा लगानीकर्ता झुम्मिदा साढे २ अर्बको कारोबार

१६ बैशाख २०८१, आईतवार १५:०७

काठमाडौँ । साताको पहिलो दिन शेयर बजारमा दोहोरो अकंले सुधार आएको छ । लगानीकर्ता नियामक निकायबाट आशावादी छन् । आज बजार सुधार आएसँगै लगानीकर्तामा थोरै आश पलाएको छ ।
काठमाडौँमा लगानी सम्मेलन भइरहेको छ । लगानीकर्ता भने स्वदेशि लगानीकर्तालाई मारमा पारेर विदेशी लगानीकर्तालाई मात्र प्रोत्साहन गर्ने सरकारको नियति रहेको बताउँदै आइरहेका छन् । लगानी सम्मेलनको विरोधमा आज लगानीकर्ताले आन्दोलन घोषणा गरेको थिए । तर अर्थमन्त्रालयको आश्वासनपछि लगानीकर्ता आफ्नो आन्दोलनबाट पछाडि हटे ।

लगानीकर्ता लामो समयदेखि नियामक निकायहरुबाट नीतिगत अवरोध सुधारको माग गरी रहेका छन् । तर, अर्थमन्त्रालय आश्वासनमा सीमित र राष्ट्र बैंक मौनतामा सीमित भएको देखिन्छ । यसको प्रत्यक्ष असर पूँजी बजारमा परी रहेको छ ।

आज भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३३ प्रतिशतले बढेर १९८०.२७ अकंमा बन्द भएको छ । आइतबार ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज फाइनान्स सेक्टरको शेयर३.९८ प्रतिशतले बढेको हो । साथै, बैंकिङ्ग समूहको ०.२४ प्रतिशत, विकास बैंक समूहको २.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७७ प्रतिशत, हाइड्रोपावर समूहको ०.४३ प्रतिशतले बढेको हो ।

साताको पहिलो दिन पोखरा फाइनान्सको १३ करोड ५ लाख रुपैयाँ, मल्टी प्रपोज फाइनान्सका १० करोड ९९ लाख रुपैयाँ, पिपुल्स पावरको ९ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार पोखरा फाइनान्सको ९.८४ प्रतिशत,प्रोगेन्सिभ फाइनान्सको ७.६२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*