सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.९० लाख कित्ता शेयर लिलामीमा

१७ बैशाख २०८१, सोमबार ०७:४५

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको पाँच लाख ९० हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा जो–कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन पाउने गरी शेयर लिलामीमा ल्याएको हो ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले कम्तीमा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम दुई हजार कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

उक्त लिलामी शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आज (वैशाख १७ गते) देखि जेठ ३ गते कार्यालय समयसम्म आवेदन दिन पाउनेछन् । आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, टे«ड टावर भवन, थापाथली–११, काठमाडौंमा दिनुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*