मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि जेठ १८ गते सकिने

१७ बैशाख २०८१, सोमबार ०९:१८

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता शेयरको लक इन अवधि आउदो जेठ १८ गते सकिने भएको छ ।

कम्पनीले आईपीओ मार्फत निष्काशन गरेको शेयर गत वर्षको मंसिर १९ गते बाँडफाँड गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता शेयर लक इनमा रहेको थियो ।

आउदो जेठ १८ गते सोही शेयरको लक इन अवधि समाप्त हुने जानकारी कम्पनीले सूचनामार्फत दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*