कालिका लघुवित्तले कमायो ३ करोड २१ लाख रुपैयाँ, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानी कति ?

१७ बैशाख २०८१, सोमबार १२:५५

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड २१ लाख रूपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि तुलनामा ९.८२ प्रतिशत कम भएको हो । गत वर्ष सोहि अवधिमा कम्पनीले ३ करोड ५६ लाख रूपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १९ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १८ करोड ३ लाख रुपैयाँ उक्त आम्दानी गरेको हो ।

यसअवधिमा कम्पनीको सञ्चालन नाफा ९.८२ प्रतिशतले बढेको छ । गत वर्ष ५ करोड ८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ४ करोड ५८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा १ करोड ५२ लाख रूपैयाँ, चुक्तापूँजी ३७ करोड २३ लाख २१ हजार रूपैयाँ, जगेडा कोष १९ करोड १५ लाख रूपैयाँ रहेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रूपैयाँ ५० पैसा र प्रतिशेयर नेटवर्थ १६४ रूपैयाँ १८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*