झिनो अकंले बढ्यो बजार, कारोबार झण्डै ३ अर्ब पुग्दा फाइनान्समा झुम्मिए लगानीकर्ता

१७ बैशाख २०८१, सोमबार १५:०८

काठमाडौँ । बजार झिनो अकंले घटेको छ । दिनभर उतार चडाब भएको बजारमा अन्तिममा आएर सामान्य सुधार आएको हो ।

लगानीकर्ताले अहिले नीतिगत अवरोध सुधारको माग गरी रहेका छन् । राष्ट्र बैंकबाट जारी भएका केहि नीतिगत अवरोध फुकुवा नभएसम्म पुँजी बजारले गति लिन नसक्ने लगानीकर्ताका तर्क छन् । नियामक निकायले नीतिगत सुधार गर्ने आश्वासन दिने गरेका छन् । तर, लगानीकर्तालाई दिएको आश्वासन बोलिमा मात्र सीमित हुने गरेको छ ।

बैंकको ब्याजदर निरन्तर ओरालो लाग्दा समेत शेयर बजारले गति लिन सकेको छ्र्रैन । बजारको शत्रुको रुपमा रहेको ब्याजदर घट्दा समेत बढ्न नसक्नु भनेको नै नीतिगतले थिचिएको प्रस्ट हुने लगानीकर्ताहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०७ अकंले बढेर १९८०.३४ बिन्दुमा बन्द भएको छ । आज ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारको सुरुवातमा ओरालो लागेको फाइनान्स कम्पनी अन्तिम तिर पुन बढेको छ । फाइनान्स सेक्टरको शेयर ४.१७ प्रतिशतले बढेको हो । वाणिज्य बैंकको ०.२९ प्रतिशत, विकास बैंक समूहको १.६६ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.३८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सोमबार पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*