सर्वाधिक कारोबारसहित ३ फाइनान्स कम्पनीको शेयरमा सकारात्मक सर्किट

१७ बैशाख २०८१, सोमबार १५:१२

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ० दशमलव ७ अंकले बढेर १९८० को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै सोमबार कारोबार रकम पनि बृद्धि भएको छ । ३२७ वटा कम्पनीहरुको ७३ लाख ४१ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ दुई अर्ब ५९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार पनि पोखरा फाइनान्स कम्पनीको सर्वाधिक कारोवार भएको छ । कम्पनीको शेयरमूल्य ७३१ रुपैयाँमा १७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

साथै, नेपाल फाइनान्सको १४ करोड ७० लाख रुपैयाँ, जानकी फाइनान्सको ९ करोड ३२ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ९ करोड ८ लाख रुपैयाँ र मल्टीप्रपोज फाइनान्सको ७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सोमबार तीन वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

One thought on “सर्वाधिक कारोबारसहित ३ फाइनान्स कम्पनीको शेयरमा सकारात्मक सर्किट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*