वित्तीय रिपोर्ट धरापमा रहेका कम्पनीमा झुम्मिदै लगानीकर्ता, के जुवा अड्डा बन्दै हो फाइनान्स सेक्टर ?

१७ बैशाख २०८१, सोमबार १५:३६

काठमाडौँ । सोमबार दिन भरी ओरालो लागेको फाइनान्स सेक्टर अन्तिम समय तिर उचाईमा पुगेको छ । वित्तीय विवरणमा खस्किएका फाइनान्स सेक्टर दोस्रो बजारमा भने सर्वाधिक मूल्यमा कारोबार भइरहेका हुन् ।

आज तीन फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेका फाइनान्स कम्पनीको वित्तीय रिपोर्ट भने संकटमा रहेको छ । कारोबारमा आएका १५ फाइनान्स मध्ये गोर्खाज फाइनान्सको शेयर मात्र ओरालो लागेको छ ।

अधिकांश फाइनान्सको खराब कर्जा चुलिदा नाफामा भारी गिरावट देखिएको छ । यता, लाभांश दिने क्षमता समेत फाइनान्स सेक्टरको छैन । १२ फाइनान्सको वितरणयोग्य नाफा नै ऋणात्मक छ । यस्तो खराब अवस्थामा समेत बजारमा आकर्षण हुनु भनेको चलखेल भएको प्रष्ट हुने लगानीकर्ताहरुका तर्क छन् ।

सर्वाधिक कारोबारसहित ३ फाइनान्स कम्पनीको शेयरमा सकारात्मक सर्किट

केही सीमित ब्यक्तिले धरापमा परेका फाइनान्स सेक्टरमा लगानी गरेर शेयर बजारलाई जुवा घर बन्न बाध्य बनाउन लागि परेको एक लगानीकर्ताले बीमापोष्टलाई बताए । उनले भने, ‘सीमित ब्यक्ति फाइनान्स सेक्टरमा चलखेल गरी रहेका छन् । वित्तीय विवरण धरापमा रहेका फाइनान्समा लगानी गर्नु पर्ने कुनै एक कारण देखिदैन । यो भने केही सीमितले फाइनान्सलाइ चलाएर जुवा घर बनाइ रहेका छन् ।’

माफियाहरुको चलखेलले साना लगानीकर्ताको लगानी गुम्ने जोखिम रहेको उनले बताए । ‘फाइनान्स सेक्टर चलाइरहेकाहरु मूल्य बढाएर आफुसहित केहि आसेपासेहरु बाहिर आउँछन् । मूल्य बढी हरेको बेला लगानी गर्ने स–साना लगानीकर्ताको लगानी गुम्छ चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा अधिकांश कम्पनी नाजुक अवस्थामा छन् । तर, रिपोर्ट सार्वजनिक भए यता फाइनान्स मै लगानीकर्ता झुम्मिएको देखिन्छ । योबाट प्रस्ट हुन्छ केही सीमितको हातमा फाइनान्स सेक्टर रहेको छ’ उनले भने ।

वित्तीय सूचाङ्कमा नाजुक फाइनान्स दोस्रो बजारमा उच्च मूल्यमा कारोबार, लगानीकर्ताको आकर्षण कि माफियाको चलखेल ?

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*