रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा नेपाल एसबिआई बैंक सम्मानित

१७ बैशाख २०८१, सोमबार १७:३६

काठमाडौँ । नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहको अवसर पारेर बैशाख १४ गते बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ज्युले यस बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कूमार देलाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०७९।०८० भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*