हिमालयन लघुवित्तको नाफामा ७३ प्रतिशत वृद्धि

१८ बैशाख २०८१, मंगलवार ०७:०८

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७३.८७ प्रतिशतले बढेको हो ।

कम्पनीले गत आवमा ६५ लाख ५५ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आवमा बढेर एक करोड १३ लाख ९७ हजार रुपैयाँ पुगको हो । गत आवमा कम्पनीको कुल संचालन आम्दानी २० करोड ३४ लाख रुपैयाँ रहेकोमा चालु आवमा ०.४६ प्रतिशतले घटेर २० करोड २४ लाख रुपैयाँ आम्दानी भएको छ ।

कम्पनीले तेस्रो त्रैमाससम्म १५ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा ४.४६ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफामा पनि उल्लेख्य वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्म ९३ लाख ६४ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको यस कम्पनीको चालु आवको सोही अवधिमा ७३.७२ प्रतिशतले बढेर एक करोड ६२ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीले १३ करोड १४ लाख रुपैयाँ कर्मचारीमा खर्चिएको छ । गत आवको सोही अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ कर्मचारीमा खर्चिएको थियो । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.९१ प्रतिशतबाट घटेर ४.६१ प्रतिशतमा झरेको छ । कम्पनीको इम्पेरमेन्ट चार्ज २ करोड २९ लाख रुपैयाँबाट घटेर १७ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसाबाट बढेर चार रुपैयाँ ७५ पैसा पुगेको छ । उक्त अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १५२.५८ गुणा र प्रतिशेयर नेटवर्थ १२६.४६  रहेको छ । समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ६२ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले निक्षेप संकलन ९२ करोड ९४ लाख रुपैयाँ रहेको छ भने चार अर्ब ९ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको छ भने शेयर प्रिमियम चार करोड ५५ लाख रुपैयाँ र रिटेन्ट अर्निङमा ६२ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ९२ करोड ४७ लाख रुपैयाँबाट बढेर ९८ करोड ७० लाख रुपैयाँ पुगको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*