नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता शेयर लिलामीमा

१८ बैशाख २०८१, मंगलवार ०७:२९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्नपीले शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा योग्य अन्य संगठित संस्थाहरूले आवेदन दिन पाउने गरी शेयर लिलामीमा ल्याएको हो ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले कम्तीमा न्यूनतम मूल्य वा सोभन्दा बढी मुल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम दुई लाख कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त लिलामी शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आज (वैशाख १८ गते) देखि २६ गते कार्यालय समयसम्म आवेदन दिन पाउनेछन् । आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर भवन, थापाथली–११, काठमाडौंमा दिनुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*