कृति भेन्चर फण्डले आईपिओ जारी गर्ने, डाक्यो एजीएम

१८ बैशाख २०८१, मंगलवार ०७:५५

काठमाडौं । कृचि भेन्चर फण्ड लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको आईपिओ निष्काशनको प्रस्ताव पारित गर्न सातौं वार्षिक साधारण सभा (एजीएम) डाकेको हो ।

कम्पनीको एजीएम जेठ ८ गते मङ्गलबार काठमाडौंको गैरीगाँउस्थित टिम कर्पाेरेट सेन्टरमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । कम्पनीको वैशाख ७ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले बोनस शेयर र नगद लाभांश जारी गर्ने, आईपीओ निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी गाभ्ने÷गाभिने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिबाट भएको नियुक्ती अनुमोदन गर्ने एजेण्डा रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सोको अघिल्लो दिनको अभिलेखमा कम्पनीको शेयरधनीको रुपमा कायम शेयरधनी मात्र सभामा भाग लिन र मतदान गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*