रिडी पावरको हकप्रद शेयर बाँडफाँड, वैशाख २० गतेदेखि रकम फिर्ता गरिने

१८ बैशाख २०८१, मंगलवार ०८:०६

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले गत चैत्र २९ गतेदेखि लिलामी मार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरको छ ।

आवेदन दिने अन्तिम म्याद (वैशाख ९ गते)सम्म परेको बोलपत्रहरू वैशाख १३ गते खोली वैशाख १७ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरेको हो । बाँडफाँडमा नपरेका आवेदकहरूको शेयर वापतको रकम वैशाख २० गतेदेखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएस मार्फत जम्मा गराइने कम्पनीले जनाएको छ ।

साथै, बाँडफाँडको अन्तिम मूल्य १४८.१० रुपैयाँ रहेकोमा उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर बाँडफाँड गरिएको कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*