सिईडिबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१८ बैशाख २०८१, मंगलवार ०८:५९

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११.५७८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले भोलि (वैशाख १९ गते) देखि बुक क्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

सभाले आव २०७७/७८ र २०७८/७९ का लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर जारी र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गर्नेछ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा वैशाख ३१ गते सोमबार बस्दैछ । सभा ललितपुरको हरिसिद्धिस्थित नेवा ब्याम्बो कटेजमा बिहानको ८ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै, सभाले आव २०७७।७८ र २०७८।७९ को वार्षिक प्रतिवेदन वासलात, नाफा–नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण अनुमोदन र पारित गर्नेछ । आव २०७८।७९ को लागि लेखा परीक्षक नियुक्त गरी निजको पारिश्रमिक अनुमोदन गर्ने र आव २०७९।८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सर्वसाधारण शेयरधनी तर्फको संचालकहरूको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*