नेपाल सोलार फार्मले आईपिओ जारी गर्ने, डाक्यो एसजीएम

१८ बैशाख २०८१, मंगलवार १०:१२

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले आईपिओ जारी गर्ने भएको छ । कम्पनीले आईपिओ जारी गर्ने प्रस्ताव राखेर विशेष साधारण सभा (एसजीएम) डाकेको हो ।

सभा जेठ १ गते काठमाडौंको बाफलस्थित कम्पनीको केन्द्रिय कार्यालयमा दिउँसो ४ बजे देखि सुरु हुनेछ । कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले सर्वसाधारणलाई आईपिओ जारी गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य तथा आवश्यक नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*