पिपुल्स पावरको वार्षिक साधारण सभा सम्पन्न, हकप्रद निष्काशन प्रस्ताव पारित

१८ बैशाख २०८१, मंगलवार ११:३९

काठमाडौं । पिपुल्स पावरको वार्षिक साधारण सभा सोमबार (वैशाख १७ गते)  सम्पन्न भएको छ । कम्पनीको छैठौं र सातौं वार्षिक साधारण सभा लिसारा ब्यांकेट नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले हकप्रद निष्काशनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । त्यस्तै, संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने छ भने १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुकक्लोज गरेको थियो। तसर्थ, चैत २८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*